क्रिकेट विश्व कप लिग–२

नेदरल्याण्ड्सले नामिबियालाई हरायो, माइकल लेविटको अर्धशतक

नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

नेपालभ्युज

नेदरल्याण्ड्सले नामिबियालाई हरायो, माइकल लेविटको अर्धशतक

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ मा नेदरल्याण्ड्सले नामिबियालाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको हो।

जारी लिग–२ मा नेदरल्याण्ड्सको यो पहिलो जित हो। आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो। यससँगै २ अंक भएको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नामिबिया दोस्रो स्थानमा झरेको छ। २ अंकसहित नेदरल्याण्ड्स तेस्रो स्थानमा छ।

१२४ रनको लक्ष्य नेदरल्याण्ड्ले २७.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो। नेदरल्याण्ड्सका लागि माइकल लेविटले अर्धशतकीय पारी खेले। उनले ८१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५७ रन बनाए। म्याक्स ओ’डाउडले भने २८ रन बनाए। नामिबियाका लागि गेहार्ड ह्रास्मसले ३ विकेट लिए।

पहिले ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रनमा अलआउट भएको हो। नामिबियाका लागि जेजे स्मितले २६ र रुबेन ट्रम्पेलम्यानले २० रन बनाए। नेदरल्याण्ड्सका लागि आर्यन दत्तले ६ विकेट लिए। काइल क्लेनले २ तथा रोयलोफ भान डे मेरवी र म्याक्स ओ’डाउडले १–१ विकेट लिए।

अब बुधबार नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved