खाजा पसल खोलेर यौनव्यावसाय गराएको आरोपमा दुई पक्राउ

नेपालभ्युज

खाजा पसल खोलेर यौनव्यावसाय गराएको आरोपमा दुई पक्राउ

काठमाडौं । खाजा पसलमा यौनव्यावसाय गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नाम नराखी खाजा घर सञ्चालन गरेर यौनव्यावसाय गराएको आरोपमा प्रहरी वृत्त, महाराजगन्जले धुमबाराहीबाट २ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं–४, धुम्बाराहीकी ४० वर्षीय सीताकुमारी खत्री र कागेश्वरी मनोहरा–८ का २८ वर्षीय नैनराज कठेत छन् ।

खत्री धुम्बाराहीमा राई किराना पसलसँगै नाम नराखी खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । त्यहाँ विभिन्न महिलाहरुलाई परिबन्धमा पारेर यौनव्यावसाय गराएको आरोप छ ।

दुवैलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved