बलम्बु घटना : इन्सपेक्टर श्रेष्ठलाई परिसर तानियो, छानबिन सुरु

नेपालभ्युज

बलम्बु  घटना : इन्सपेक्टर श्रेष्ठलाई परिसर तानियो, छानबिन सुरु
प्रतीकात्मक तस्वीर ।

काठमाडौं ।   काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्रै गोली चलेको घटनामा इन्सपेक्टर सुरेन्द्र श्रेष्ठविरुद्ध छानबिन सुरु भएको छ।

सोही घटनामा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइ छानबिन सुरु गरिएको काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए।

थापाका अनुसार टेकुस्थित परिसरमा ल्याएर उनीमाथि आन्तरिक छानबिन सुरु गरिएको छ ।

आइतबार साँझ इन्स्पेक्टर श्रेष्ठले ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा गोली चल्दा उनका ‘बडीगार्ड’  र एकजना सेवाग्राही सामान्य घाइते भएका थिए ।

उनीहरु दुवैको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ। उनिहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved