जानकी मोटर स्पेयर र सुजित एन्ड सुमित अटोले पाए गल्फ लुब्रिकेन्टको ‘बेस्ट सेल्स अवार्ड’

नेपालभ्युज

जानकी मोटर स्पेयर र सुजित एन्ड सुमित अटोले पाए गल्फ लुब्रिकेन्टको ‘बेस्ट सेल्स अवार्ड’

काठमाडौं । जानकी मोटर्स स्पेयर र सुजित एन्ड सुमित अटोले गल्फ लुब्रिकेन्टको बेस्ट सेल्स अवार्ड पाएका छन् ।

जनकपुरमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले यो वर्षको बेस्ट सेल्स अवार्ड जानकी मोटर्स स्पेयर र सुजित एन्ड सुमित अटोलाई दिएको थियो ।

नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक डिलर न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्ससंगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १६० भन्दा बढी नयाँ बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री जितेन्द्र महासेठ, अतिथि जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष  श्री अम्भु प्रसाद साह र नेपाल ल्युब आयल लिमिटेडका सेल्स र मार्केटिङ विभागका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत ६ वर्षदेखि डिलरको रूपमा जनकपुर र जलेश्वर क्षेत्रमा विक्री वितरण गर्दै आइरहेका न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सले यस क्षेत्रमा गल्फ लुब्रिकेन्टको माग अत्यधिक रहेको र ग्राहकहरूको पहिलो रोजाइमा रहेको बताएका छन्।

कार्यक्रममा नेपाल ल्यूब आयलका प्रादेशिक बजार व्यवस्थापक दिनेश कु। यादवले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए ।

उनले नेपाल ल्युब आयलको अटो मोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको  बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्रान्ड विगत ३८ वर्ष देखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved