विश्वकप लिग-२ क्रिकेट

नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्दै, दिपेन्द्र र देव फर्किए

नेपालले आज दुई परिवर्तन गरेको छ । करण केसी र पवन सरार्फ बेन्चमा छन् भने दीपेन्द्रसिंह ऐरी र देव खनाल प्लेइङ ११ मा फर्किएका छन् ।

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्दै, दिपेन्द्र र देव फर्किए

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् ।

नेपालले आज दुई परिवर्तन गरेको छ । करण केसी र पवन सरार्फ बेन्चमा छन् भने दीपेन्द्रसिंह ऐरी र देव खनाल प्लेइङ ११ मा फर्किएका छन् ।

गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । अहिलेसम्म नेपालले नेदरल्याण्ड्ससँग ३ खेल खेलेकोमा दुईमा हारेको छ भने एउटा जितेको छ ।

नेपालको प्लेइङ ११ 

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved