ललिता निवास प्रकरण : सुनुवाइ सकियो, बुधबार फैसला आउने सम्भावना

नेपालभ्युज

ललिता निवास प्रकरण : सुनुवाइ सकियो, बुधबार फैसला आउने सम्भावना

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको सुनुवाई सकिएको छ । विशेष अदालतमा माघ २ गतेदेखि भइरहेको सुनुवाइ मंगलबार सकिएको हो ।

सम्भवतः बुधबार फैसला आउने सम्भावना रहेको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंले सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

ललिता निवासको करिब ११४ रोपनी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा अख्तियारले अनुसन्धान गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved