आरोपित व्यक्ति सरकारी नियुक्तिमा काम गरिसकेकोले सर्टलिस्टमा पर्नु स्वाभाविक : राज्यमन्त्री

नेपालभ्युज

आरोपित व्यक्ति सरकारी नियुक्तिमा काम गरिसकेकोले सर्टलिस्टमा पर्नु स्वाभाविक : राज्यमन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत रहेको बताएकी छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राज्यमन्त्री कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत रहेको दाबी गरेकी हुन् ।

उनले छनौटको सर्टलिस्टमा परेका व्यक्तिहरुविरुद्ध सिफारिस समितिमा कुनैपनि उजुरी नआएकाले उनीहरुको छनौट प्रक्रिया अगाडी बढेको बताइन् ।

उनले आरोपित व्यक्तिहरु विगतमा आरोपपछि पनि सरकारी नियुक्तिमा रहेर काम गरिसकेको भन्दै तिनै व्यक्ति अहिले सर्टलिस्टमा पर्नु स्वाभाविक भएको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved