नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य, कुशलको अर्धशतक

नेपालभ्युज

नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य, कुशलको अर्धशतक

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल पूरै ओभर खेलेर २२४ रनमा अलआउट भएको हो।

नेपालका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेले। उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाए। आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सराफले १५ रन बनाए।

कप्तान रोहित पौडेल र आसिफ शेख ८–८ रनमा आउट भए। रिजन ढकाल ४ रनमा आउट भए। सूर्य तामाङ १० रनमा अविजित रहँदा ललित राजवंशी भने एक रनमा रनआउट हुन पुगे ।

क्यानडाका लागि उदय भागवानले ३, साद बिन जफरले २, इश्वरजोत सोहीसोहीले २, तथा शाहिद अहमदजाई र हर्श ठकेरले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved