क्यानडाविरुद्ध नेपालको तेस्रो विकेट पतन

नेपालभ्युज

क्यानडाविरुद्ध नेपालको तेस्रो विकेट पतन

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ओपनर कुशल भूर्तेल ६२ रनमा आउट भएका हुन्। उनलाई साद बिन जफरले आउट गरे।

यस्तै, नेपालले १९ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको छ। यसअघि कप्तान रोहित कुमार पौडेल र ओपनर आसिफ शेख ८–८ रनमा आउट भए।

अहिले भीम सार्की र कुशल मल्लले ब्याटिङ गरिरहेका छन्। नेपालले टस जितेर ब्याटिङ रोजेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved