क्यानडाविरुद्ध कुशल भूर्तेलको अर्धशतक, रोहित आउट

नेपालभ्युज

क्यानडाविरुद्ध कुशल भूर्तेलको अर्धशतक, रोहित आउट

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा ओपनर कुशल भूर्तेलले ५० रन पुरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कुशलले ४४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अर्धशत पूरा गरेका हुन्।

यस्तै, कप्तान रोहित कुमार पौडेल ८ रनमा हुँदा नेपालले दोस्रो विकेट गुमाएको छ। यसअघि ओपनर आसिफ शेख ८ रनमा आउट भए।

अहिले कुशल र भीम सार्की  ब्याटिङ गरिरहेका छन्। नेपालले टस जितेर ब्याटिङ रोजेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved