काठमाडौ । पश्चिमी वायुको प्रभावका कारण मुलुकभर आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका केही स्थानमा छिटपुट देखि हल्का वर्षा हुने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका अधिकांस स्थानमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । शानिबारदेखि भएको मौसम परिवतर्न भोलिदेखि भने समान्य हुने महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु सक्रिय भएसँगै मुलुकभरको मौसम प्रभावित भएको हो । बादल लाग्ने प्रणाली सक्रिय भएकाले आज अधिकांस स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।
Facebook Comment
Comment