भूकम्प पीडितलाई राहत लैजाने चिनियाँ महिला बिनाभिसा नेपाल बसेको खुलासा

नेपालभ्युज

भूकम्प पीडितलाई राहत लैजाने चिनियाँ महिला बिनाभिसा नेपाल बसेको खुलासा

काठमाडौं । जाजरकोट भूकम्पको बेलामा राहत लिएर जाने चिनियाँ महिला अवैध रूपमा नेपालमा बसेको खुलासा भएको छ ।

चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ भिसा सािएपछि पनि नेपाल बसेको कारण उनलाई डिपोर्ट (नेपालबाट निष्कासन गरिएको छ ।

अध्यागमन विभागले उनलाई १५ हजार रुपैयाँ जरिवाना लिएको छ ।

गत मंसिर २० मा ती चिनियाँ महिला भूकम्पबाट प्रभावितलाई राहत लिएर गएकी थिइन् ।

उनीमाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई पार्टीले स्पष्टीकरण समेत सोधेको थियो । माओवादीको स्थायी कमिटी बैठकले नै उनलाई लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

उक्त प्रकरणमा केसीले पार्टीलाई स्पष्टीकरण बुझाइसकेका छन् । उनले उल्टै पार्टीका महासचिव देव गुरुङनै यो प्रकरणको भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved