नेपाल र भारतबीचको सम्बन्धलाई कदर गर्छु : प्रधानमन्त्री मोदी

नेपालभ्युज

नेपाल र भारतबीचको सम्बन्धलाई कदर गर्छु : प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सदियौं लामो सम्बन्धलाई आफुले सम्मान गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको ७५ औं गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत दिएको शुभकामना ग्रहण गर्दै मोदीले नेपालसँगको सम्बन्धलाई सधै कदर गर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भारतीय जनताको शान्ति र समृद्धिका लागि नेपाल सरकारका तर्फबाट एक्स मार्फत शुभकामना सन्देश जारी गरेका थिए । सन्देशमा दाहालले दुई देशबीचकोे मित्रता थप प्रगाढ हुँदै जाने विश्वास गरेका छन् ।

जवाफमा प्रधानमन्त्री मोदीले एक्स मार्फतनै नेपाल र भारतबीचको सदीयौं लामो सम्बन्धलाई आफुले कदर गर्ने उल्लेख गरेका हुन् । भारतले हिजो आफ्नो ७५ औं गणतन्त्र दिवस मनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved