इजरायलले गाजामा नरसंहार रोक्नु पर्ने आइसीजेको फैसला

नेपालभ्युज

इजरायलले गाजामा नरसंहार रोक्नु पर्ने आइसीजेको फैसला

काठमाडौं । संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत (आइसीजे)ले इजरायलले गाजामा नरसंहार रोक्दै कब्जा गरिएको क्षेत्रमा तत्काल आवश्यक मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला सुनाएको छ ।

अदालतको फैसलमा आइसीजेले गाजामा प्यालेस्टेनी नागरिकले सामना गरिरहेको कठिन परिस्थिति र मानवीय संकटलाई समाधान गर्न इजरायलले तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने बताएको हो । फैसलामा युद्धविरामको आदेश भने दिइएको छैन ।

दक्षिण अफ्रिकाले इजरायलमाथि संयुक्त राष्ट्रसंघीय नरसंहार महासन्धिको उल्लङ्घन गरेको आरोप लगाउदै मुद्दा दर्ता गरेको थियो । इजरायलले भने आफ्नो उद्देश्य द्वन्द्व फैलाउने नभइ आफ्ना नागरिकको रक्षाका लागि प्रतिरोध मात्र गरेको दावी गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved