एजेन्सी । जाडोमा धेरै व्यक्तिहरु सिरक ओढेर बस्ने र समय बिताउनका लागि बदाम खान मन पराउँछन् । यो स्वादिष्ट स्न्याक्स स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । बदाममा थुप्रै पोषक तत्वहरु हुन्छन् ।
तपाईंले थाहा पाएर अचम्म पर्नु होला तर आवश्यकता भन्दा धेरै बदामको सेवन गर्नु पनि खतरनाक सावित हुन सक्छ । कैयौं त्यस्तो स्थिति पनि हुन्छ जहाँ बदाम खानबाट बच्नुपर्छ ।
बदाम आवश्यकता भन्दा धेरै खाँदा तौल बढ्न सक्छ । आवश्यकता भन्दा धेरै क्यालोरी लिँदा शरीरमा तौल बढ्न सक्छ ।
कतिपयलाई बदाम खाँदा एलर्जीको समस्या पनि हुन सक्छ । यस्तोमा सिँगान आउने, छालाको समस्या जस्तै चिलाउने, छाला रातो हुने आदि समस्या हुन सक्छ ।
यदी तपाईंको पाचन तन्त्र खराब रहन्छ भने धेरै बदाम खानबाट बच्नुहोस् । यसको धेरै सेवन गर्दा पेट दुख्ने, अपच, तथा ग्यासको समस्या हुन्छ ।
बदाम त्यसो त कोलेस्ट्रोलका विरामीलाई पनि फाइदाजनक हुन्छ । तर यसको अत्यधिक सेवनले खराब कोलेस्ट्रोल बढ्न पनि सक्छ । बदाममा क्यालोरीको मात्रा धेरै हुन्छ जसले खराब कोलेस्ट्रोललाई बढाउँछ ।
बदाममा प्रोटिन, फ्याट, फाइबर, म्याग्नेशियम, फोलेट, कपर आदि जस्ता पोषक तत्वहरु पाइन्छन् । यस्तोमा तपाईं नियमित खानपानमा यसलाई समावेश गराउन सक्नुहुन्छ । तर यो एक मुट्ठी भन्दा धेरै खानु हुँदैन ।
Facebook Comment
Comment