राष्ट्रियसभा चुनाव बहिस्कार गरे बालेनले, उपमेयर सुनिता भने भोट हाल्न हेटौँडामा

मेयर बालेन शाह राष्ट्रियसभा निर्वाचन बहिस्कार गरेका छन् । तर महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदान गर्न हेटौँडा गएकी छन् ।

नेपालभ्युज

राष्ट्रियसभा चुनाव बहिस्कार गरे बालेनले, उपमेयर सुनिता भने भोट हाल्न हेटौँडामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रियसभा निर्वाचन बहिस्कार गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा मतदान भइरहेको छ । यद्यपि मेयर बालेनको सचिवालयले भने कार्यव्यस्तताका कारण निर्वाचनमा सामेल नभएको जनाएको छ ।

स्वकीय सचिव भूपदेव शाहले भने, ‘‘उहाँ कार्यव्यस्तताको कारण भोट हाल्न हेटौँडा जानुभएको छैन,’’

तर महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदान गर्न हेटौँडा गएकी छन् । यसअघि पनि मेयर बालेनले प्रदेश सभामा भोट हालेका थिएनन् । उनले प्रतिनिधि सभा चुनावमा भने समानुपातिकमा मात्र भोट खसालेका थिए ।

यस्तै उता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि अहिलेसम्म मतदान स्थल पुगेका छैनन् ।

महानगरकी उपप्रमुख सुनिता डङ्गोल मतदान गर्न हेटौँडामा

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved