६० केजी सुन तस्करी प्रकरणका १२ अभियुक्तलाई थुनामा पठाउने आदेश

६ जनालाई धरौटीमा छाडिने

नेपालभ्युज

६० केजी सुन तस्करी प्रकरणका १२ अभियुक्तलाई थुनामा पठाउने आदेश
उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालत पाटनले ६० किलो सुन प्रकरणका १२ अभियुक्तलाई थुनामा पठाउने आदेश दिएको छ ।

अदालतका न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले १२ जनालाई थुनामा पठाउने आदेश दिएको हो ।  यस्तै अदालतले  ६ जनालाई धरौटीमा छोड्ने आदेश दिएको छ ।

दावा छिरिङ, टासी भन्ने धुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको हो।

त्यस्तै कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई भने थुनामा पठाउनुपर्ने अवस्था नदेखिएको भन्दै धरौटीमा छोड्ने आदेश गरेको छ।

उनीहरूमध्ये श्रेष्ठ र भट्टबाट जनही एक लाख रूपैयाँ, पौडेल र नेपालीबाट जनही पाँच लाख रूपैयाँ र गौतम र पराजुलीबाट जनही दुई लाख रूपैयाँ धरौटी लिएर छोड्ने आदेश गरेको हो।

उक्त  प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो।

जिल्ला अदालत काठमाडौंले भने  उनीहरू सबैलाई थुनामा पठाउने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved