यस्ता व्यक्तिले बेथेको साग खानु हुँदैन

नेपालभ्युज

यस्ता व्यक्तिले बेथेको साग खानु हुँदैन

एजेन्सी । जाडोमा बेथेको साग धेरै खाने गरिन्छ । अहिले यो प्रसस्त मात्रामा पनि पाइन्छ । तर, केही व्यक्तिले यसको सेवन गर्दा बेफाइदा पनि गर्न सक्छ । यसको बारेमा जान्नु आवस्यक छ ।

केही व्यक्तिलाई छालामा एलर्जीको समस्या हुन्छ । यस्तोमा बेथेको साग खानु हुँदैन । यसले छालाको एलर्जीको समस्या झनै बढ्न सक्छ ।

बेथेको सागमा आक्सेलिक एसिड हुन्छ, त्यसैले यसको साग सीमित मात्रामा खानु पर्दछ । अत्यधिक खाएमा पेट दुख्ने, कब्जियत तथा पखाला लाग्ने समस्या पनि हुन सक्छ ।

गर्भवती महिलाले बेथेको साग नखानु उपयुक्त हुन्छ । यसको अत्यधिक सेवनले गर्भपात हुने सम्भावना हुन्छ ।

बेथेमा प्रजनन विरोधी तत्व पाइन्छन् जसले गर्दा यसको अत्यधिक सेवनले प्रजनन क्षमतामा पनि नकारात्मक असर पर्न सक्छ ।

जो व्यक्तिलाई प्रजनन सम्बन्धी पहिलेदेखि नै समस्या छ त्यस्तो व्यक्तिले बेथेको साग खानु हुँदैन । धेरै मात्रामा बेथेको साग खाँदा शरीरमा क्याल्सियमको कमी हुन सक्छ । यदि तपाईं यस्ता केही समस्यासँग जुधिरहनु भएको छ भने आफ्नो डाक्टरको सल्लाहमा मात्र कुनै पनि प्रकारको खानेकुरा खानु पर्छ । कुनै पनि चिजको अत्यधिक सेवन घातक नै हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved