सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक छ : महानिरीक्षक अर्याल

नेपालभ्युज

सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक छ : महानिरीक्षक अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक रहेको बताएका छन् ।

मंगलवार २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् । उनले राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुने भन्दै सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्यसञ्चालन गरिरहेको बताए । उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बिओपीहरु, अत्याधुनिक उपकरणहरु र थप जनशक्ति अपरिहार्य रहेको उल्लेख गरे ।

उनले सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहार्द्रपूर्ण सम्बन्धका साथ समन्वय र सहकार्य गरिरहेको बताए । उनले राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुनसके मात्रै प्रभावकारी हुने बताए। उनले सशस्त्र प्रहरीले यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताए ।

अर्यालले सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणा अनुसार नविन कार्यक्रमहरु शुरुवात गरिएको बताए । उनले उक्त कार्यक्रमलाई नेपाल सरकारबाट नीतिगत रुपमा निरन्तरताको घोषणासँगै बिओपीमार्फत सीमा इलाकामा विकासहरु कल्याणकारी कार्यहरु गर्न आवश्यक रहेको बताए ।

उनले काल्याणकारी सेवामार्फत यसैवर्ष सीमा इलाकामा बसोवास गर्ने आदीवासी,जनजाती,दलित र अल्पसंख्यक समुदायका छात्र÷छात्रामध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक वृद्धि र दुई जनालाई कक्षा १० सम्म निशुल्क अध्ययनको व्यवस्था गरिने बताए ।

उनले सीमा क्षेत्रका जिल्लामा बसोवास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्युनतम ५ देखि १० लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved