सदन खुल्ने बित्तिकै टीआरसी विधेयक सहमतिमै टुङ्गिन्छ – प्रधानमन्त्री दाहाल

नेपालभ्युज

सदन खुल्ने बित्तिकै टीआरसी विधेयक सहमतिमै टुङ्गिन्छ – प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) आगामी संसदबाट टुंगोमा पुग्ने दाबी गरेका छन् ।

स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको भेटमा दलीय सहमतिमा टीआरसी विधेयकले पूर्णता पाउने बताएका हुन् ।

संसद् अधिवेशन आव्हान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने दाहालको भनाई छ । विधेयक संसदको उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ । उनले सदन खुल्ने बित्तिकै हाउसमा लगेर प्राथमिकताका साथ टुंगो लगाइने बताए ।

दलीय सहमतिबाटै शान्ति प्रक्रियाले पूर्णता पाउने दाहालको विश्वास छ । फरक प्रसंगमा प्रधानमन्त्री दाहालले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्ने दोहो¥याए ।  यसकालागि आफुले मन्त्रीहरुलाई समेत सचेत गराइसकेको जानकारी दिए ।

उनले नेपालको कर्मचारी संयन्त्र क्षमताको हिसाबले दुनियाँको अन्य कुनै पनि देशको भन्दा कम नभएको तर यहाँका कर्मचारीले आँट लिने सवालमा भने केही कमी महसुस भएको बताए ।

युक्रेन र रुसका सेनामा भर्ती भएर नेपाली युवाले जागिर खाने नाममा युवा स्वयम् गैर जिम्मेवार भएको टिप्पणी गरे । दाहालले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुन नहुने र अबका दिनमा युवाहरुलाई स्वयं जिम्मेवार र सचेत बन्न आग्रह गरे ।

युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले नामको शिखर सम्मेलनमा गम्भीरताका साथ कुरा उठाएको दाहालले जानकारी दिए । मृतक परिवारलाई क्षतिपूर्ति र राहत तथा शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको प्रधानमन्त्रीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved