प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदै

नेपालभ्युज

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र कोशी प्रदेशबीच खेल हुँदै छ भने अर्को खेल भैरहवामा रहेको सिद्धार्थनगर क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । तीन वटै खेलमा हार बेहोरेको गण्डकी अंक तालिकाको नवौँ स्थानमा छ । पाँच खेल हारेको कोशी प्रदेश पुछारमा छ ।

नेपाल पुलिस क्लब भने आफ्ना दुवै खेल जितेर चार अंकसहित चौथो स्थानमा छ । त्रिभुवन आर्मी क्लब तीन मध्ये दुई खेल जितेर तालिकाको पाँचौँ स्थानमा छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved