काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिएको हो ।
यद्यपि, बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भने एक अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । माछापुच्छ्रे बैंकको पुस मसान्तसम्ममा वितरण योग्य नाफा २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ५ करोड रुपैयाँ थियो ।
माछापुच्छ्रे बैंकले यो अवधिमा एक खर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी १३.८६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ । बैंकको आधार ब्याजदर ९.७८ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.२६ प्रतिशत रहेको छ । स्प्रेडदर ३.९९ प्रतिशत कायम गरेको बैंकले सीडी रेसिया ८०.६१ प्रतिशत बनाएको छ । माछापुच्छ्रेको खराब कर्जा भने २.६२ प्रतिशत पुगेको छ ।
Facebook Comment
Comment