ललितपुरका धेरै ठाँउमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द

नेपालभ्युज

ललितपुरका धेरै ठाँउमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चि बहाल गेटदेखि चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्नु पर्ने भएकाले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बिजुली नआउने भएको हो ।

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा आज ६ घण्टा बिजुली आपूर्ति नहुने वितरण केन्द्रले जनाएको छ । त्यस्तै, लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

४ बजे अगाडि नै फिडर तान्ने काम सकिए निर्धारित समय अगावै बिजुली छाडिने प्राधिकरणको भनाई छ ।

पढ्नु होस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved