काठमाडौं। साफ यू–१९ महिला च्याम्पियनसिपको लागि राष्ट्रिय टोली घोषणा गरिएको छ।
बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको हो।
नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग माघ १९ गते (२ फेब्रुअरी) मा प्रतिस्पर्धा गर्ने छ। माघ २१ गते दोस्रो खेलमा नेपाल र भुटान आमने सामने हुनेछन् भने माघ २३ मा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।
राउण्ड रोबिनको आधारमा खेलाइने सो प्रतियोगिताको फाइनल माघ २५ गते हुनेछ।
यू–१९ महिला नेपाली टोली –
गोलकिपरः सुजाता तामाङ, करुण बुढाथोकी, लिला जोशी
डिफेन्डरः दिव्य येस्माली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई, माया मास्के
मिडफिल्डरः ब्रिसना चौधरी, झुमा विश्वकर्मा, सारा बज्रचार्य, सुशिला केसी, भावना परियार, पुनम चेमजोङ
फर्वाडः सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समिक्षा मगर, सजिना स्यान्ताङ
Facebook Comment
Comment