रैथाने बालीको उत्पादनशीलतामा जोड दिन आवश्यक छ : मन्त्री भुसाल

नेपालभ्युज

रैथाने बालीको उत्पादनशीलतामा जोड दिन आवश्यक छ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादनशील बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले रैथाने बाली र पशुपंक्षीहरुको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । रैथाने बालीहरूको संरक्षण गर्न नसके निश्चित क्षेत्रमा राखेर संरक्षण गर्न जरुरी रहेको उनको भनाई छ । उनले खाद्य संकट र रैथाने बालीको संकटको समाधान गर्नुपर्ने बेला आइसकेको बताएका छन् ।

‘हाम्रा परम्परादेखि प्रयोग भएर आएका रैथाने बाली, पशुपंक्षीहरुको संरक्षण पनि गर्नुपर्ने छ, उत्पादन वृद्धि गर्नुपर्नेछ’, उनले भने ‘हामीले तिनै रैथाने बालीबाट हामीलाई चाहिने जति उत्पादन गर्न सक्छौँ की सक्दैनौँ रु यो एउटा गम्भीर प्रश्न हाम्रासामु छ ।’

मन्त्री भुसालले रासायनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved