‘झिल्को’ बनाउँदैछन् ‘झोला’का निर्देशक यादव भट्टराई 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गरेका भट्टराईले सामाजिक कथावस्तुमाकै ‘झिल्को’ बनाउन लागेका हुन् । ‘झिल्को’को पटकथा तथा संवादलाई भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका छन् ।

नेपालभ्युज

‘झिल्को’ बनाउँदैछन् ‘झोला’का निर्देशक यादव भट्टराई 

काठमाडौं । सामाजिक कथावस्तुमामा आधारित फिल्म ‘झोला’ निर्देशन गरेका यादव भट्टराईले नयाँ फिल्मको रूपमा ‘झिल्को’ बनाउने भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गरेका भट्टराईले सामाजिक कथावस्तुमाकै ‘झिल्को’ बनाउन लागेका हुन् ।

फिल्ममा रङ्गमञ्चका व्यस्त अभिनेता सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाललगायतको अभिनय रहनेछ ।
सुनिलले १३ बर्षपछि यसै फिल्म मार्फत अभिनयमा कमब्याक गर्न लागेका हुन् ।

माघ २२ गतेदेखि काठमाडौँका विभिन्न स्थानमा फिल्मको छायाङ्कन हुनेछ । ‘झिल्को’ले वर्तमान नेपाली समाजको कथा पेस गर्ने निर्देशक भट्टराईले बताए ।

थुप्रै म्युजिक भिडिओ निर्देशनपछि भट्टराई फिल्म निर्देशित ‘झोला’ मार्फत् फिल्म निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो ।

‘झिल्को’को पटकथा तथा संवादलाई भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका छन् । दीपक बज्राचार्यको छायांकन, चण्डीप्रसाद काफ्लेको संगीत रहने फिल्मको शुभ–मुर्हूत बिहीबार साँझ गुह्येश्वरी हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved