माघ लागे पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

नेपालभ्युज

माघ लागे पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । माघ पनि बिहे लगनको समय मानिन्छ । तर पनि सुनचाँदीको मूल्य भने घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा आज मूल्यमा गिरावट आएको हो । ७०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेर कारोबारमा आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो बुधवार तोलामा १४ सय रुपैयाँ कायम थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved