कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

नेपालभ्युज

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको अनुपस्थितिमा कार्य संचालन गर्न कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकिएको जनाएको छ ।

असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज बिहानै युगान्डा प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल माघ ७ गते स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved