रवि-जीबीविरुद्ध सहकारी विभागमा उजुरी

निवेदकमा सहकारीबाट कर्जा लिँदा-दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाइ आवश्यक अनुसन्धान गर्नसमेत भनिएको छ ।

नेपालभ्युज

रवि-जीबीविरुद्ध सहकारी विभागमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ ।

रवि गोरखा मिडिया नेटवर्कका तत्कालीन एमडी हुन् । उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

निवेदनमा भनिएको छ— सहकारी ऐनभन्दा बाहिर गइ कारोबार गरी सहकारीसम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु ।”

निवेदकमा सहकारीबाट कर्जा लिँदा-दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाइ आवश्यक अनुसन्धान गर्नसमेत भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved