राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदै

नेपालभ्युज

राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज विभिन्न चेतनामूलक कार्यक्रम गरि २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । १९९० सालको विनाशकारी भूकम्प गएको दिनको सम्झनामा हरेक वर्ष माघ २ गते भूकम्प दिवस मनाउदै आइएको छ ।

९० सालमा ८ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जनधनको ठूलो क्षति भएको थियो ।

त्यो भूकम्पमा परि ८ हजार ५ सय १९ जनाको मृत्यु भएकोे थियो भने ८० हजार घर ध्वस्त भएका थिए । ९० सालको त्यही विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ दिवस मनाउन थालिएको हो ।

भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराकासाथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा हुँदैछ । ललितपुर र भक्तपुरमा पनि कार्यक्रम राखिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी हुनेछन् ।

त्यस्तै, २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परि ८ हजार ६ सय ७० जनाको ज्यान जानुका साथै सातलाख भन्दा धेरै आवासमा क्षति पुगेको थियो ।

गत कार्तिकमा जाजरकोटमा गएको भूकम्पमा परेर १ सय ५७ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए । नेपाल भूकम्पको उच्च जोखिम क्षेत्रमा पर्छ । त्यसैले जनचेतना जगाउन दिवसलाई प्रभावकारी बनाउदै लैजानुपर्ने सरोकारवालाको भनाई छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved