नेता खड्का माओवादीमै फर्किए

नेपालभ्युज

नेता खड्का माओवादीमै फर्किए

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्वल’ नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

खड्का सोमबार एक कार्यक्रमका बीच माओवादी केन्द्र प्रवेश गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता खड्कालाई पार्टीमा स्वागत गरेका छन् ।

खड्का राष्ट्रिय सभाका पूर्वसदस्यसमेत हुन् । नेकपा बन्नुअघि उनी माओवादी केन्द्रमै थिए । तर, पछि छुट्टिँदा उनी एमालेतिर लागेका थिए ।

तर, एमाले दक्षिणपन्थ भासमा डुबेको आरोप लगाउँदै उनी पुन: माओवादी केन्द्रमै फर्किएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved