प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज तीनवटा खेल हुँदै

नेपालभ्युज

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज तीनवटा खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पनि विभिन्न स्थानमा तीनवटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे मधेस प्रदेश र त्रिभुवन आर्मी भिड्दै छन् ।

त्यस्तै सवा ९ बजे नै काठमाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेश आमने सामने हुने छन् ।

आजको तेस्रो खेल भने रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा बिहान ९ बजे लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ ।

जारी प्रतियोगितामा मधेस प्रदेश एक खेलमा विजयी हुँदै अंक तालिकाको शीर्ष स्थानमा छ । यसैगरी एपिएफ क्लब अंक तालिकाको दोस्रो स्थानमा छ । एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो ।

कोशी प्रदेश भने पहिलो खेलमा मधेससित सात विकेटले हारेको थियो । सुदूरपश्चिम प्रदेश भने आज पहिलो खेल खेल्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved