पूर्वी तथा मध्य क्षेत्रमा वर्षाको सम्भावना, पश्चिम हिमाली क्षेत्रमा हिमपात

नेपालभ्युज

पूर्वी तथा मध्य क्षेत्रमा वर्षाको सम्भावना, पश्चिम हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । आज मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली हुने छ । बाँकी भू–भागको मौसम मुख्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमली भू–भागका थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

त्यस्तै आज राती पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै तराई क्षेत्रमा आज पनि बिहानैदेखि हुस्सु लागेको छ । पूर्वी र पश्चिम तराईमा लागेको हुस्सु मध्यान्हपछि विस्तारै हट्दै जानेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved