दोस्रो त्रैमासको अन्तिम दिन शेयर बजारमा उछाल

नेपालभ्युज

दोस्रो त्रैमासको अन्तिम दिन शेयर बजारमा उछाल
प्रतीकात्मक तस्वीर

काठमाडौं । दोस्रो त्रैमास अर्थात आर्थिक वर्षको आधा अवधिको अन्तिम दिन आज सेयर बजारमा उछाल छाएको छ ।

साताको कारोबारको पहिलो दिन आज आइतबार नेप्से परिसूचक ३६ दशमलव ६२ अंकले बढेर २१२० दशमलव ६२ को विन्दुमा पुगेको छ ।

आज ३१४ कम्पनीका ९४ हजार ५ सय २६ पटकको कारोबारमा १ करोड ६६ लाख ५ हजार २ सय ३४ कित्ता सेयर किनबेच भएका छन् । जसमा कारोबार रकम ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ०२ अंकले बढेर ३८८ दशमलव १७ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved