गठबन्धनमा गडबड : संयुक्त विज्ञप्तीमा सीके राउतको नामै छैन, नाउपाको तर्फबाट रञ्जिताको हस्ताक्षर

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयले सत्ता गठबन्धनभित्र गडबडी उत्पन्न भएको छ । खासगरी उम्मेदवार छनोटमा जनमत पार्टीले असन्तुष्टि जनाएसँगै गठबन्धनमा गडबड आएको हो ।

नेपालभ्युज

गठबन्धनमा गडबड : संयुक्त विज्ञप्तीमा सीके राउतको नामै छैन, नाउपाको तर्फबाट रञ्जिताको हस्ताक्षर

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयले सत्ता गठबन्धनभित्र गडबडी उत्पन्न भएको छ । खासगरी उम्मेदवार छनोटमा जनमत पार्टीले असन्तुष्टि जनाएसँगै गठबन्धनमा गडबड आएको हो ।

आइतबार बिहान बसेको बैठकपछि गठबन्धनभित्र बढेको गडबड सार्वजनिकरुपमै छताछुल्ल भएको छ । गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतले गरेको साझा आह्वानमा जनमतका पार्टीका अध्यक्ष सीके राउतको हस्ताक्षर छैन । र, अध्यक्ष राउतले बिहान बसेको बैठकबारे आफूलाई कुनै जानकारी नगराइएको बताएका छन् ।

राष्ट्रियसभा चुनावका लागि जनमतले मधेस र लुम्बिनीमा छुट्टै उम्मेदवार अघि सारेको छ ।

त्यस्तै आइतबार बिहान गठबन्धनले जारी गरेको विज्ञप्तीमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट रञ्जिता श्रेष्ठको हस्ताक्षर छ । जबकि, नाउपाको पहिलो अधिवेशनबाट पार्टी अध्यक्षमा रेशम चौधरी निर्वाचित भइसकेका छन् । रेशम चौधरी शुक्रवार अध्यक्षमा निर्वाचित भए पनि आइतबार सत्ता गठबन्धनले जारी गरेको संयुक्त अपिलमा पूर्व अध्यक्ष रन्जिता श्रेष्ठ लेनै अध्यक्षको रूपमा प्रतिनिधित्व गरेकी छन् ।

यसले नाउपाभित्र पनि नेतृत्वका विषयमा विवाद भएको प्रष्ट पार्छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १९ उम्मेदवारलाई जिताउन ७ दलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved