एसियन कप फूटबलमा अस्ट्रेलियाद्वारा भारत २–० ले पराजित

नेपालभ्युज

एसियन कप फूटबलमा अस्ट्रेलियाद्वारा भारत २–० ले पराजित

काठमाडौं । कतारमा जारी एसियन कप फूटबलमा उज्वेकिस्तान र सिरियाले बराबरी खेलेका छन् ।

समूह बी को खेलमा उज्वेकिस्तान र सिरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यस्तै गएराति नै भएको समूह ए को अर्को खेलमा चीन र ताजकिस्तानले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो समूहमा आयोजक कतारले उद्घाटन खेलमा लेवनानलाई ३–० ले हराएको थियो । साविक विजेता कतार ३ अंकसहित शीर्ष स्थानमा छ ।

समूह बी को अर्को खेलमा अस्ट्रेलियाले भारतलाई २–० ले हराएको छ । यो समूहका अस्ट्रेलियाको ३, उज्वेकिस्तान र सिरियाको १ अंक तथा भारत अंकविहीन छ ।

एसियन कपमा आज अपरान्ह सवा ५ बजे जापान र भियतनामको खेल हुदै छ । सवा ८ बजे यूएई र हङकङबीच भिडन्त हुने छ । आजको अन्तिम खेल भने राति पौने १२ बजे इरान र प्यालेस्टाइनबीचको खेल हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved