भीमदत्त नगरपालिकाका वडाध्यक्ष खड्का मृत फेला

नेपालभ्युज

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरका प्रवक्ता महेन्द्र खड्का मृत अवस्थामा भेटिएका छन् । मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

वडाध्यक्ष खड्का भीमदत्त–६ ऐठपुरस्थित सडकमा मृत भेटिएका थिए । घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बताए ।

घटनाको अनुसन्धानपछि मात्रै सत्य तथ्य भन्न सकिने प्रहरीको भनाई छ । हिजो दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved