पूर्वी तथा मध्यपहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने क्रम जारी

नेपालभ्युज

पूर्वी तथा मध्यपहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने क्रम जारी
फाइल तस्वीर ।

काठमाडौं । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने छ ।

महाशाखाका अनुसार आज राति कोशी र वागमती प्रदेशमा भने आंशिक बदली हुनेछ ।

तराई भूभागका अधिकांस स्थानमा आज पनि विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । हुस्सु, कुहिरो तथा शितलहरका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै चिसोबाट बच्न आवश्यक उपायहरु तथा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved