काठमाडौं। निजी तथा आवाशीय विद्यालयहरुको छाता संगठन ‘प्याब्सन’ अन्तर्गतको प्याब्सन महानगर कमिटीले अन्तर विद्यालय तेस्रो प्याब्सन काठमाडौं मेट्रो कप फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
प्रतियोगितामा काठमाडौं महानगरभित्र रहेका विद्यालयका कक्षा ८-९ र १० मा अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन्।
‘फाइभ ए साइड’ को अवधारणामा खेलाइने यस फुटसल प्रतियोगितामा कुल ३२ टिमको सहभागिता रहने प्याब्सन महानगर कमिटीका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले जानकारी दिएका छन्।
१६ वर्षभन्दा मुनिका विद्यार्थीहरुले मात्र भाग लिन पाउने यस प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने टिमले क्रमशः १० हजार, ६ हजार, ४ हजार नगद का साथै शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन्। यसैगरी प्रतियोगिताको बेस्ट गोलकिपर, बेस्ट स्ट्राइकर, बेस्ट डिफेन्डर र बेस्ट स्कोरर लाई समेत पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता यहि पुस २७ देखि २९ गतेसम्म बागमती बोर्डिङ स्कुलको फुटसल मैदानमा सञ्चालन हुनेछ।
Facebook Comment
Comment