राष्ट्रिय पुरुष भलिबल : गण्डकीलाई हराउँदै एपीएफ फाइनलमा

नेपालभ्युज

राष्ट्रिय पुरुष भलिबल : गण्डकीलाई हराउँदै एपीएफ फाइनलमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सुर्खेतको वीरेन्द्रनगर भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० ले हराउँदै एपीएफ उपाधिनजिक पुगेको हो।

एपीएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित गरेको थियो ।

अपराजित एपीएफ समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो । त्रिभुवन आर्मी क्लब विजेता रहेको समूह ‘बी’ बाट उपविजेताका रुपमा गण्डकी अन्तिम ४ मा पुगेको थियो ।

आजै आर्मी र पुलिसबीच दोस्रो सेमिफाइनल हुनेछ ।

गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै एपिएफले उपाधि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved