काठमाडौंबाट धनगढी उडेका दुई विमान सुर्खेतमा अवतरण

नेपालभ्युज

काठमाडौंबाट धनगढी उडेका दुई विमान सुर्खेतमा अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको दुई विमान सुर्खेतमा अवतरण गरिएको छ । प्रतिकूल मौसमका कारण धनगढीको हवाई सेवा प्रभावित हुँदा श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत डाइभर्ट गरिएको हो ।

दुवै विमान सुर्खेतमा अवतरण गरिएको छ । धनगढीमा बाक्लो हुस्सुका कारण भिजिविलिटी भएपछि अवतरणमा समस्या आएको हो । अवतरण गर्न नसकेपछि श्री एयरलाइन्सकाृे विमानले धनगढीको आकासमा ४५ फन्को हानेको जनाइएको छ ।

सुर्खेत विमानस्थलमा अवतरण गरेको विमानले मौसम खुलेपछि धनगढीका लागि उडान गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved