मौसम : तराईका अधिकांस जिल्लामा हुस्सु र शितलहर, हिमाली भेगमा हिमपात

नेपालभ्युज

मौसम : तराईका अधिकांस जिल्लामा हुस्सु र शितलहर, हिमाली भेगमा हिमपात
फाइल तस्वीर ।

काठमाडौं । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने छ ।

महाशाखाका अनुसार आज राति कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांस जिल्लामा आज पनि विहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।

केहि दिन यता मुलुकभरको तापक्रम निरन्तर ओरालो लाग्ने क्रममा छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेर आज न्यूतम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव १ डिग्री सेल्सियसमा पुगेको छ ।

मुलुकभरको तापक्रम दिनहुँ घट्दो क्रममा रहेकाले चिसोबाट जोगिन महाशाखाले सबैलाई अनुरोध गरेको छ । तराईमा लागेको बाक्लो हुस्सुका कारण यातायात सेवा समेत प्रभावित हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved