सुर्खेत । कर्णाली प्रदेशमा पर्यटन क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले भिजिट कर्णाली यातायात प्रालि सञ्चालनमा आएको छ । कर्णालीका पर्यटकीयस्थलसम्म पुग्ने यात्रुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले यातायात प्रालि सञ्चालनमा आएको हो ।
एसी हिटर लग्जरी सिटसहितका १८ स्कारपियो सञ्चालनमा ल्याएको यातायात प्रालिका अध्यक्ष प्रकाशकुमार शाहीले बताए । ‘नेपाल सरकारले तोकेको सार्वजनिक सवारीकै सरह रहने गरी भाडादर तोकिएको छ ।’ उनले भने, ‘सुर्खेत उपत्यकाभित्र यात्रुलाई स-शुल्क घरदैलो सेवासमेत दिइएको छ भने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको छ ।’

कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यहरू मुगुको रारा, जुम्लाको चन्दनाथ, कालिकोटको पचालझरना, दैलेखको पञ्चकोशी, महाबुधाम, सल्यानको कुपिण्डेदह हुँदै खैरावाङ्ग, जाजरकोटको खलङ्गा तथा रुकुमको खलङ्गा र मुसिकोटसम्म पुग्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज र स्तरीय सेवा दिन प्रालिको स्थापना गरिएको अध्यक्ष शाहीले बताए ।
Facebook Comment
Comment