सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताबाट बागमती प्रदेशको टोली बाहिरिएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले सोझो सेटमा हराएसँगै बागमती प्रतियोगिताबाट बाहिरिएको हो ।
पुलिसले बागमतीलाई २५–१०, २५–१३ र २५–१७ ले हराउँदै हराउँदै ६ अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ।
समूह ‘ए’ मा बागमतीको भने लगातार तेस्रो हार व्यहोरेको हो । समूह ‘ए’ मा रहेको बागमती पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीसँग पराजित भएको थियो ।
एपीएफसँग मंगलबार हुने अन्तिम खेल खेल्नुअगावै बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ।
गण्डकीले मधेशमाथि २५–११, २५–१९,२५–१३ को जित निकालेको हो । समूह ‘बी’मा गण्डकी र मधेस दुवैले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएका थिए ।
अंक तालिकामा गण्डकीको ६, त्रिभुवन आर्मी क्लब र कर्णालीको समान ३ , मधेसको २, सुदूरपश्चिमको १ अंक छ। यस्तै आजै एपीएफ र लुम्बिनी तथा आर्मी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।यसैगरी एक/एक खेल खेलेका एपLएफ र त्रिभुवन आर्मी क्बलले शतप्रतिशत नतिजा निकालेका छन ।
Facebook Comment
Comment