त्रिभुवन विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद

नेपालभ्युज

त्रिभुवन विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको दुबईबाट आएकी एक यात्रुबाट सुन बरामद भएको छ ।

शनिबार राति दुबईबाट आएकी श्रीलंकन नागरिकको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको हो ।

श्रीलंकन नागरिक कान्थामात्रे काभास्करको साथबाट सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उनी फ्लाई दुबईबाट राति १२ः५ बजे एयरपोर्ट झरेकी थिइन् । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved