न्याय परिषद् सदस्य श्रेष्ठलाई राजीनामा दिन दबाब, बारले भन्यो–‘विश्वास गर्न सकिएन’

नेपालभ्युज

न्याय परिषद् सदस्य श्रेष्ठलाई राजीनामा दिन दबाब, बारले भन्यो–‘विश्वास गर्न सकिएन’

काठमाडौं । न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठलाई राजीनामा दिन दबाब परेको छ । नेपाल बार एसोसिएसनले ‘विश्वास’ नरहेको जनाएसँगै राजीनामाको दबाब भएको हो ।

बार एसोसिएसनको सिफारिसमा श्रेष्ठ न्याय परिषद् सदस्यमा नियुक्त भएका थिए । शुक्रबार बसेको बारको बैठकले ‘विश्वास’ नरहेको निर्णय गरेको थियो ।

न्याय परिषद्‌मा भएका निर्णयमाथि श्रेष्ठले बार एसोसिएसनको चासो नराख्ने, आफू खुशी चल्ने गरेको जस्ता आरोप लगाउँदै विश्वास नभएको जनाएको हो ।

श्रेष्ठले न्यायाधीश नियुक्ति, न्याय परिषद नियमावलीलगायतका विषयमा बारसँग सल्लाह नगरेको बारका एक सदस्यले आरोप लगाए । न्याय परिषद् सदस्यका रुपमा श्रेष्ठ भरोसा गर्न योग्य नरहेको ठहर बारले गरेको ती सदस्यले जानकारी दिए ।

परिषद् सदस्यमा सिफारिस श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट २०७७ साल मंसिर १२ गते सर्वसम्मतिले स्वीकृत भएको हो । समितिले अनुमोदन गरेसँगै श्रेष्ठ ४ वर्षका लागि परिषद्को सदस्य भएका थिए । उनको २०८१ साल मंसिर ११ गते कार्यकाल सकिने थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved