काठमाडौं । सर्लाहीको बरहथवा घटनामा शुक्रबार प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न नेपाली कांग्रेसले माग गरेको छ । घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कांग्रेसले माग गरेको हो ।
शुक्रबार बरहथवामा झडप हुँदा गोली चलेर बरहथवा नगरपालिका–६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गदै घटनामा घाइते भएकाहरुको उपचार गर्नसमेत सरकारसँग माग गरेको गरिएको हो ।
‘साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
बरहथवामा शव सडकमै राखेर अहिले पनि स्थानीयले प्रदर्शन गरिरहेका छन् । स्थानीय प्रशासनले भने निषेधाज्ञा जारी गरेको छ ।

Facebook Comment
Comment