रुकुमपश्चिममा टाइफाइडविरुद्ध एक लाखले पाए खोप

नेपालभ्युज

रुकुमपश्चिममा टाइफाइडविरुद्ध एक लाखले पाए खोप

त्रिवेणी । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका एक लाख बढी व्यक्तिले दादुरा–रुवेला र टाइफाइडविरुद्धको ‘टिसिभी’ खोप लगाएका छन् ।

जिल्लामा विशेष अभियान चलाएर खोप सञ्चालन गरिएकामा एक लाख चार हजार छ सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । खोपको लक्ष्य भने जिल्लामा एक लाख २४ हजार लिइए पनि पूरा भएन ।

यही पुस ५ गतेदेखि सञ्चालन भएको दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान पुस १५ गतेसम्म सञ्चालन भएको थियो । भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिएको खोप अभियान जिल्लाका छवटै स्थानीय तहका वडाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य चौकी तथा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर कृषा खड्काले जानकारी दिईन् ।

उनका अनुसार जिल्लाभर छ महिनादेखि १५ वर्षमुनिका ५० हजार तीन सय ७८ बालबालिकाले दादुरा रुवेलाको खोप लगाएका छन् भने १६ देखि ४५ वर्षसम्मका ५४ हजार दुई सय २९ जनाले टाइफाइडविरुद्धको टिसिभी खोप पाएका छन् ।

जिल्लामा दादुरा–रुवेला खोप ४७ हजारको लक्ष्य लिइएकामा लक्ष्यभन्दा बढी अर्थात् एक सय सात प्रतिशत बालबाललिकाले खोप लगाएका हुन् । त्यस्तै टाइफाइडविरुद्धको खोप भने ७६ हजार लक्ष्य रहेकामा लक्ष्यभन्दा कम ७१ प्रतिशत व्यक्तिले खोप लगाएको खोप सुपरभाइजर खड्काले जानकारी दिए ।

दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान जिल्लाका छवटै पालिकामा स्वास्थ्य शाखाको समन्वयमा खोप अभियान सञ्चालन गरिएको थियो । सोह्रदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति अध्ययन तथा रोजगारीका लागि जिल्ला बाहिर रेहेकाले पनि टाइफाइडविरुद्धको खोपको लक्ष्य पूरा हुन नसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरेर सरकारले जाजरकोट, रुकुमपश्चिमसहित कर्णालीका सात जिल्लामा खोप अभियान चलाएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved