रुबिना क्षेत्री ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित

नेपालभ्युज

रुबिना क्षेत्री ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका कप्तान रुबिना क्षेत्री प्लेयर अफ द टुर्नामेन्ट घोषित भएकी हुन्।

यससँगै रुबिनाले यामहाको १२५ सीसीको स्कुटी पनि प्राप्त गरिन्। उनले १० खेलमा ३ अर्धशतकसहित ३४५ रन बनाइन् भने ११ विकेट लिइन्।

गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनीले उदीयमान खेलाडीले घोषित भइन्। उनले ५० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्राप्त गरिन्। उनले ७ खेलमा ९१ रन बनाइन्। कर्णालीविरुद्ध भने उनले ५० रन बनाइन्।

मधेस प्रदेशकी पूजा महतोले उत्कृष्ट बलरको उपाधि जितिन्। उनले ५० हजार रुपैँया प्राप्त गरिन्। उनले ७ खेलमा १२ विकेट लिइन्।

उत्कृष्ट ब्याटर गण्डकी प्रदेशकी सुमन खतिवडाले प्राप्त गरिन्। उनलृ ७ खेलमा २१२ रन बनाइन्। उनले पनि ५० हजार रुपैँया प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved