काठमाडौं। एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा एपीएफले कोशीलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो।
११५ रनको लक्ष्य पछ्याएको कोशीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा मात्र १०३ रन बनायो। कोशीका लागि कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय पारी खेलिन्। उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्। काजल श्रेष्ठले २२ रन बनाइन्। तथापि जितका लागि भने पर्याप्त हुन सकेन। एपीएफका लागि करुणा भण्डारी र सीता राना मगरले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ११४ रन बनाएको हो। एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन्। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाइन्। ज्योति पान्डेले २७ र रोमा थापाले १४ रन जोडे।
कोशीका लागि भने अप्सरी बेगमले ह्याट्रिक गरिन्। उनले १९ औँ ओभरमा लगातार ३ विकेट लिइन्। उनले इन्दु, नेरी थापा र सोनु खड्कलााई आउट गरिन्। अलिशा खडियाले २ तथा रुबिना क्षेत्री र निशा शाहले १–१ विकेट लिए। सबनम राई र संगीता राई डगआउट भए।
यससँगै विजेता एपीएफले ५ लाख रुपैँया प्राप्त गरेको छ। उपविजेता कोशीले भने ३ लाख रुपैँया पाएको छ।
Facebook Comment
Comment